सांस्कृतिक
पढ्नुहाेस् दाङका थारु नाचहरु
–रीता लामा घोराही– दाङको देउखुरी क्षेत्रका थारु समुदायले नाच्ने ‘बर्कानाच’ पछिल्लो समय निकै प्रचलनमा छ । जिल्लामा हुने मेला महोत्सव होस् वा कुनै पर्व, दिवस वा ठूला नेता, प्रधानमन्त्री, मन्त्रीहरुको स्वागत सत्कारका लागि दाङमा थारु समुदायमा प्रचलित नाच प्रस्तुत गरिन्छ । त्यसमध्ये ठूलो अर्थको बर्कानाच पनि एक हो । थारु…
Read More »रसुवा आसपासका पर्यटकीय गन्तव्य र भ्रमण वर्षको तयारीबारे जानाैं
रसुवा– नेपाल भ्रमण वर्षको अवसरमा घुमफिरका लागि उपयुक्त स्थानको पहिचान र व्यवस्थापकीय काममा पर्यटक व्यवसायी अगाडि बढेका छन् । रसुवा, नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेका अनुसार नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचित लाङटाङ, तथा पवित्र तीर्थ गोसाइँकुण्डका अतिरिक्त पश्चिमी रसुवाको गणेश हिमाल, पार्वतीकुण्डसमेत आउने पर्यटकका लागि खाने–बस्ने व्यवस्थापन गर्न…
Read More »‘भुवा नाँच’ जगेर्ना गर्न दुबईबाट बिदामा
–शेरबहादुर सिंह भीमदत्तनगर– मुलुकभित्र रोजगारी नपाउँदा विदेशिनु परेका युवा कडा परिश्रमपछिको आम्दानीले घरपरिवारको खर्च चलाउने मुख्य योजना प्रायः सबैको हुन्छ । विदेशमा राम्रो कमाइ हुनेले समाजका लागि पनि केही लगानी गर्छन् । दश वर्षअघि आफूसँग प्रतिभा हुँदाहुँदै पनि मजदूरीका लागि दुबई हान्निएका कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका लक्ष्मण अधिकारीको समाज, संस्कृति…
Read More »मिलेर काम गरे २० लाख पर्यटक भित्र्याउन कठिन छैन : पाटा अध्यक्ष ठाकुर
प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपालको ४३ औं साधारण सभाबाट अध्यक्षमा विभुति चन्द ठाकुर भर्खरै चयन भएका छन् । पर्यटन व्यवसायमा क्रियाशील ठाकुर पर्यटन क्षेत्रको विकास र विस्तारमा पाटाको महत्वपूर्ण भूमिका रहेको बताउँछन् । भ्रमण वर्ष सफल बनाउन सरकार र सरोकारवाला निकायबीच निरन्तर सहकार्य हुनुपर्ने उनको धारणा छ । नवनिर्वाचित…
Read More »पर्यटकको रोजाई : विश्वशान्ति स्तूपा हुँदै पुम्दीकोट
–वासुदेव पौडेल पोखरा– चाँदी जस्तै टल्केका माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खलासँग आँखा जुधाउँदै आँगनमा छचल्किइरहेको फेवातालसहित पोखराको रमणीय दृश्य हेर्दा कसैको पनि मन प्रफुल्ल हुन्छ । पर्यटकीय नगरी पोखराको फेवाताललाई काखमा लिइरहेको विश्वशान्ति स्तूपा र पुम्दीकोटबाट देखिने रमणीय दृश्यले यो क्षेत्र यतिखेर स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ । कास्कीको साविक…
Read More »खप्तड पर्यटन विकास समिति लथालिङ्ग
–विमलबहादुर विष्ट डोटी– सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्र पर्यटन विकास समिति गठन हुन नसक्दा लथालिङ्ग अवस्थामा पुगेको छ । करोडाँै रकम भ्रष्टाचार भएको व्यापक चर्चा भइरहेका बेला समिति गठन नहुँदा विकास निर्माणका काम लथालिङ्ग हुन पुगेका हुन् । खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि गठन हुन सकेको छैन…
Read More »पर्यटकका लागि थारु सङ्ग्रहालय खुला गरिँदै
कञ्चनपुर– भ्रमण वर्ष २०२० लाई लक्षित गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिने भएको छ । थारु समुदायको आस्थाको धरोहरका रुपमा रहेको भल्कामा वडा कार्यालयको सहयोगमा सङ्ग्रहालयका लागि परम्परागत शैलीको घर निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि सङ्ग्रहालयमा…
Read More »बुद्ध जन्मस्थलमा पुस १५ गते सडक खाना महोत्सव
रुपन्देही– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव गरिने भएको छ । ‘लुम्बिनी जाउँ, लुम्बिनीमै खाऔँ, लुम्बिनीमै रमाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी होटल सङ्घ नेपालले छैटौँ पटक सडक खाना महोत्सव आयोजना गरेको हो । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर यही पुस १५ गते मङ्गलबारका दिन आयोजना…
Read More »झापाका पर्यटकीय क्षेत्र विकासमा १५ करोड ७५ लाख बजेट
भद्रपुर– झापाका पर्यटकीय क्षेत्र विकास र विस्तार गर्न सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा १५ करोड ७५ लाख बजेट विनियोजन गरेको छ । प्रदेश नम्बर १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत खर्च हुने गरी जिल्लाका ३७ पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न सो बजेट विनियोजन भएको पर्यटन बोर्ड…
Read More »यस्तो छ पोखरा ठूलाकोटको प्राकृतिक र ऐतिहासिक महत्व
पोखरा– पोखरा महानगरपालिका–२८ स्थित ठूलाकोटसँग जोडिएको इतिहास र त्यसैसँग सम्बन्धित संस्कृतिलगायतको प्रचार–प्रसार एवं पूर्वाधार विकासमा स्थानीय तहले चासो दिन थालेका छन् । पछिल्लो समय ओझेलमा परेको ठूलाकोटलाई स्थानीयवासी र स्थानीय तहले चासो दिन थालेसँगै यहाँको विकास हुने आशा जगाएको छ । ठूलाकोटलाई यस क्षेत्रकै नमूना पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ…
Read More »