सांस्कृतिक
बुद्धजयन्ती मनाउन २२ उपसमिति गठन, साताव्यापी कार्यक्रम गरिने
भैरहवा– दुई हजार ५६४औँ बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएका छन् । लुम्बिनी विकास कोषका कायममुकाम सदस्यसचिव ज्ञानिन राईका अनुसार बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनलाई लक्ष्य गरी २२ उपसमितिका संयोजक चयन गरिएका हुन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको संयोजकत्वमा अन्तर्राष्ट्रिय…
Read More »महामुर्ख सम्मेलनमा अबिरको सट्टा फूल प्रयोग हुने
जनकपुर– मिथिला नाट्य कला परिषद् (मिनाप) जनकपुरले होली पर्वको अवसरमा कोरोना भाइरसको जोखिम विरुद्ध जनचेतनासहित होली पर्व मनाउने भएको छ । उक्त परिषद्द्वारा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलन सो भाइरसको संक्रमणको जोखिमबाट बच्न जनचेतनाका कार्यक्रम आयोजन गर्ने र अबिरको सट्टा फूल प्रयोग गरेर महामुर्ख सम्मेलन मनाउने जानकारी दिइयो । परिषद्का…
Read More »मिथिलामा यसरी खेलिन्थ्यो ‘होरी’
गोपालप्रसाद बराल महोत्तरी– ‘होरी’ (फागु) पर्व आउन एकसाता मात्र बाँकी छ तर हार्मोनियमको मिठो राग, लय एवं डम्फु र मृदङ्गको तालमा जम्ने जोगिराको दलान भने मिथिलामा खासै देखिएका छैनन् । श्रीपञ्चमी (वसन्तपञ्चमी) सँगै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागुविशेष गीत) अब महोत्तरीसहितका मिथिलामा सुन्न छाडिएका छन् । श्रीपञ्चमी पर्व (माघ शुक्ल…
Read More »वसन्तपुरमा ठड्याइयो चीर
ऐतिहासिक वसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा फागुको चीर ठड्याइएपछि विधिवत् फागु पर्व सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार मंगलबार बिहान ७:५७ बजे चीरोत्थान गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारी मिठाराम पुडासैनीले बताए । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा चीर ठड्याएपछि उपत्यकामा फागु पर्व सुरु हुने परम्परा…
Read More »सिग्दी घरबासले बढायो आम्दानी
तारानाथ आचार्य बलेवा– सदरमुकाम बागलुङ बजारबाट चार घण्टा सवारीको यात्रामा बरेङ गाउँपालिकाको केन्द्र सुदाला र त्यहाँबाट डेढ घण्टाको पैदल यात्रामा सुन्दर एवं पर्यटकीय गाउँ सिग्दी पुग्न सकिन्छ । समुद्री सतहबाट एक हजार ७०० देखि एक हजार ९०० मिटरको उचाइमामा अवस्थित मगर समुदायको बसोबास रहेको सिग्दी बागलुङको घरबास पर्यटनका लागि नाम…
Read More »टानद्वारा ल्होछार कार्यक्रम स्थगित
वेद गुरुङ काठमाडौँ– ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मार्च ४ गते गर्ने भनेको संयुक्त ल्होछार कार्यक्रम स्थगित गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति मार्फत कोरोना भाइरसको प्रकोप विश्वव्यापी रूपमा फैलिएको र नेपाल पनि यसको उच्च जोखिममा रहेको कारण ल्होछार कार्यक्रम स्थगित गरिएको जनाएको हो । हिमाली क्षेत्रमा बसोबास…
Read More »मिथिलाञ्चलमा आजदेखि होली सुरु
जलेश्वर– मिथिलाञ्चलको महाकुम्भको रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमाका यात्रुले कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा आजदेखि विधिवत् होली सुरु भएको छ । त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर रङअबिर खेलेका विश्वासमा यात्रीले फागु पर्वको सुरुवात गर्ने परम्परा छ । आइतबार कञ्चनवन आएको परिक्रमाका यात्रीले सोमबार बिहान कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै…
Read More »पर्यटन प्रवर्द्धन गर्न दौड प्रतियोगिता
दमौली– जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीयस्थलको प्रवर्द्धनका लागि दौडको सहारा लिने गरिएको छ । जिल्लाका स्थानीय तह एवं सङ्घसंस्थाले पर्यटकीयस्थलको प्रचारप्रसार गर्न दौड प्रतियोगिता आयोजना गर्ने गरेका हुन् । नेपाल भ्रमण वर्ष २०२० चलिरहेका अवस्थामा उक्त ठाउँमा पर्यटक आकर्षित गर्न खेलकूदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बताइएको छ ।…
Read More »कृष्ण मन्दिर घुम्दै विदेशी पर्यटक
सबै तस्बिर : राधिका कँडेल / रासस
Read More »सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिँदै पाहुना
तिलकराज ओझा कैलाली– होटल व्यवसायी सङ्घ कैलालीले आयोजना गरेको ‘प्रथम सुदूरपश्चिम खाना महोत्सव’मा मौलिक खानाका परिकारको स्वाद लिन पाउँदा आगन्तुक हर्षित भएका छन् । सुदूरपश्चिमका मौलिक खानाका परिकारको स्वाद चाख्न पाउँदा पाहुँना हर्षित भएका हुन् । बुधबारदेखि धनगढीमा जारी खाना महोत्सव विश्व नेपाली साहित्य महोत्सव भइरहँदा त्यसमा सहभागी हुन देशका…
Read More »