सांस्कृतिक
ठाडोभाका सर्जक दुराको स्मृतिमा सङ्ग्रहालय
लमजुङ– जीवन्त ठाडोभाका गीतका पुराना सर्जक देउबहादुर दुराको स्मृतिमा उनकै जन्मगाउँमा सङ्ग्रहालय निर्माण भएको छ । देउबहादुर दुरा स्मृति प्रतिष्ठान हाँडीखोला लमजुङले मध्यनेपाल नगरपालिका–१० हाँडीखोलाको नास्के–वर्धन गाउँमा स्मृति सङ्ग्रहालय बनाएको हो । नवनिर्मित सङ्ग्रहालयको बिहीबार नगरप्रमुख रमेशकुमार पाण्डेले शुभारम्भ गर्दै दुराले ठाडोभाकाका माध्यमले सिङ्गो लमजुङलाई चिनाएको बताए । ठाडोभाका संरक्षण…
Read More »यस्तो छ पशुपतिमा महाशिवरात्रीको तयारी
काठमाडाैं– यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक÷एक लाम…
Read More »अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको तयारी सुरु
काठमाडौँ– सरकारले आगामी वैशाखको २३ देखि २५ सम्म लुम्बिनीमा आयोजना हुने अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको तयारी सुरु गरेको छ । सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा सोमबार मन्त्रालयमा भएको बैठकले २५६४औँ बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक तयारी थालेको हो । बैठकमा…
Read More »बागलुङमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला, १० देशका १५ मूर्तिकार सहभागी
बागलुङ– गलकोट नगरपालिका–५ टेउवामा अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला सुरु भएको छ । गलकोट कला प्रतिष्ठानद्वारा आयोजित कार्यशालाको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । मुख्यमन्त्री गुरुङले कलाका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको चिनारी विस्तार गर्न कार्यशाला सहयोगी बन्ने धारणा राखे । ‘दश देशका मूर्तिकारले यहाँको सन्देश लिएर जानुहुनेछ, एक करोडमा…
Read More »थारू संस्कृति हेर्न खयरकन्द्रा होमस्टे
–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर– थारू समुदायको परम्परागत संस्कृति हेर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा घरवास (होमस्टे)मा टाढाटाढाबाट पर्यटक पुग्न थालेका छन् । उद्घाटन नहुँदै आठ महिनाको अवधिमै छ सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा पुगेका छन् । होमस्टेमा बास बस्नका लागि पुग्ने पर्यटकलाई थारू समुदायका मौलिक परिकारका रुपमा रहेका…
Read More »खोकना पर्यटन महोत्सव फागुन ९ देखि
ललितपुर– ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खोकना पर्यटन महोत्सव २०७६’ आयोजना हुने भएको छ । लपु महानगरपालिका र वडा नं २१ को संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी यही फागुन ९ देखि ११ गतेसम्म उक्त महोत्सव हुन लागेको हो । खोकनामा बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न…
Read More »अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकार सहभागी हुने, यस्तो छ तयारी
रामबहादुर थापा बागलुङ– गलकोट नगरपालिका–५ टेउवामा आउँदो सोमबारदेखि अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला हुँदैछ । कार्यशालाको तयारी अन्तिम चरणमा पुगेको आयोजक गलकोट कला प्रतिष्ठानले जनाएको छ । कार्यशालास्थलमा आवश्यक पूर्वाधार तयार गरी व्यवस्थापकीय काममा लागिएको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । कार्यशालाका लागि विदेशी कलाकार नेपाल आउने क्रम सुरु भएको र…
Read More »एशियन फेस्टिबलमा भ्रमण वर्षको प्रचार
काठमाडाैं– जापानका गैरआवसीय नेपालीहरुले एशियन फेस्टिबलमा नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को प्रचार प्रसार गरेका छन् । फेब्रुअरी ८ र ९ मा टोकियोको इकेबुकुरो ग्लोबल रिंग पार्कमा आयोजित दुई दिने फेस्टिबलमा एनआरएनए जापानले नेपालको कला संस्कृति र पर्यटकीयस्थल बारे प्रचार गरेको हो । उक्त फेस्टिबलमा एशियाका बिभिन्न देशका…
Read More »‘भ्यालेन्टाइन डे’ सौराहा खाना महोत्सव भोलिदेखि
चितवन– पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर मंगलबारदेखि खाना महोत्सव हुने भएको छ । चौधौैँ सौराहा खाना महोत्सवको तयारी पूरा भएको छ । रेष्टुराँ एण्ड बार एशोसिएशन ९रेवान० सौराहाको आयोजनामा सिसुवार चौरमा महोत्सव हुँदैछ । महोत्सवमा ४० खानाका कक्ष रहने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए । महोत्सवमा स्थानीय…
Read More »लुम्बिनीमा बौद्ध कला, साहित्य महोत्सव आजबाट
रुपन्देही– लुम्बिनीमा तीनदिने अन्तरराष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सव आज देखि सुरु हुँदैछ । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा महोत्सव हुने भएको हो । शुक्रबारदेखि आइतबारसम्म हुने महोत्सवमा बौद्ध कला र साहित्यको प्रदर्शन तथा बौद्ध अध्ययनसम्बन्धी साहित्यको विविध विषयमा गोष्ठी हुँदैछ…
Read More »