Home Featured
पोखरा र मुस्ताङको पर्यटकीय साझेदारीमा जोड
पोखरा र मुस्ताङबीच पर्यटन विकासमा साझेदारी गर्नुपर्नेमा जोड दिइएको छ । मुस्ताङका लागि पर्यटकको मुख्य प्रस्थानविन्दु पोखरा रहेको उल्लेख गर्दै दुई जिल्लाबीचमा व्यावसायिक साझेदारी हुनुपर्ने आवश्यकता औँल्याइएको हो । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) द्वारा मुस्ताङमा आयोजित अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमका वक्ताहरूले पर्यटकीय रुपमा पोखराबाट मुस्ताङ र मुस्ताङबाट पोखरा…
Read More »मनाङमा हिमपात
मनाङमा भएको हिमपात । हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । तस्बिर: नवीन लामिछाने/रासस
Read More »ढोरपाटन पुगे नौ हजार पर्यटक
यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन तेस्रो सातासम्म नौ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिए । नेपालको…
Read More »नारी दिवसको अवसरमा सगरमाथा आरोही महिला सम्मानित
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सगरमाथा आरोही सङ्घ र नेपाल पर्वतारोहण सङ्घले संयुक्त रुपमा सगरमाथालगायत हिमाल आरोहण गर्ने ३५ महिला आरोहीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा सन् २०१८ मा सबैभन्दा छिटो…
Read More »सरकारद्वारा महिला पाइलटलाई स्वागत
सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट) लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गरे । काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल…
Read More »आकर्षक र सौम्य टौदहको आफ्नै पिरलो
शान्ता आचार्य कीर्तिपुर । साइबेरियादेखि आएका पर्यटक चरा फर्किन थालेका छन् । यी चराहरु वैशाखसम्ममा फर्किसक्छन् । त्यतिबेलैदेखि टौदहको पिरलो पनि सुरु हुन्छ । बर्खा लाग्नु अघिसम्म पानी घट्दै जान्छ र माछालगायत पानीमा आश्रित जलचर अक्सिजनको अभावमा मर्न थाल्छन् । पानी कम हुन थालेपछि दहको आकर्षण पनि कम हुँदै जान्छ…
Read More »कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा
कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आएकी छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट ट्रेकिङ कम्पनीमार्फत उनी अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन् । काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण –३ दानामा…
Read More »रङसँगै रंगीए पोखरामा पर्यटक
अन्नपूर्ण (कास्की) । डेनमार्कबाट आएकी सोफी पोखरा लेकसाइडमा निकै हर्षित देखिइन् । उनको अनुहारभरि रङ दलिएको थियो । सेतो टिसर्टमा सजिएकी सोफीको कपडा पनि रङले पोतिएको थियो । नेपालको रङको पर्व निकै राम्रो लागेको उनको प्रतिक्रिया थियो । “रङ खेल्ने पर्व निकै राम्रो लाग्यो । मलाई पनि खेल्न मन लाग्यो…
Read More »विदेशी पर्यटक बिना पथप्रदर्शक पदयात्रामा जान नपाउने, बढ्यो अनुमती शुल्क
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पदयात्रालाई सुरक्षित, भरपर्दो र व्यवस्थित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो । यो निर्णय १ अप्रिल २०२३ देखि लागु हुनेछ । पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रमा आवद्ध मजदुरको संयुक्त सङ्गठनको मागअनुरुप बोर्डले पदयात्रामा जाने पर्यटकले अनिवार्यरुपमा गाइड लाने व्यवस्था गरेको हो । नेपालमा कोभिड–१९ भन्दा…
Read More »नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट…
Read More »