Home Featured
नर्थ अन्नपूर्ण आधार शिविर पदयात्राको सम्भावना
कमल खत्री बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता अवधि नर्थ अन्नपूर्ण पदयात्रा गरेर फर्केका छन् । बेलायतमा माउन्टेन किङडम्स युके सञ्चालन गरेका बेरीले नेपालमा ३५ वर्षदेखि पर्यटक पठाउँदै आएका छन् । नर्थ अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन सम्भावनाको खोजी गर्दै बेरी नेतृत्वको टोलीले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि पदयात्रा…
Read More »रविन्द्रको कलात्मक ‘डुङ्गा चियाघर’
नारायण ढुङ्गाना अग्ला रुखले घामको तातो राप रोक्दै शीतलता दिने कोशिस गरिरहेको छ । वरिपरि झुरुप्प झाडी र बुट्यानले घरभन्दा पर नयाँ बसाइको अनुभूति थपिदिएको छ । फाट्टफुट्ट झुल्कने किटपतङ्गले घरआँगनको झल्को दिन्छ । झाडीकै बीचमा एउटा पुरानो डुङ्गा टक्क अडिएको छ । डुङ्गाको अस्तित्व पानी र त्यसको बहाबसँग जोडिएको…
Read More »पर्यटकीय आकर्षण बढाउन ‘हनि हन्टिङ’
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्यटकीय आकर्षण बढाउन भीर मौरीको मह काट्ने (हनि हन्टिङ) कार्यक्रम सञ्चालन गरिने भएको छ । माछापुच्छ्रे गाउँपालिका–९ स्थित सिदिङ युनाइटेड क्लबको आयोजनामा ‘हनि हन्टिङ’ गर्न लागिएको सो वडाका अध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले जानकारी दिनुभयो । मर्दी खोलाको आधार शिविरमा पर्ने ठूलो भीर र कोप्रे भीरमा जेठ…
Read More »भारतीय पर्यटक बोलाउन इलामेली व्यवसायी भारत प्रस्थान
नेपालमा भारतीय पर्यटकको सङ्ख्या बढाउन नेपाली व्यवसायी भारत प्रस्थान गरेका छन् । पूर्वी नेपालबाट पर्यटक आगमन बढाउने उद्देश्यले इलामेली पर्यटन व्यवसायीहरू भारत आज भारत प्रस्थान गरेका हुन् । व्यवसायीले पाँच दिनसम्म भारतको पश्चिम बङ्गालस्थित सिलिगुडी र सिक्किमका विभिन्न स्थानमा पर्यटन सरोकारवालासँगको भेटघाट र छलफललाई प्राथमिकता दिने बताइएको छ । इलामका…
Read More »हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसाय मारेको दावी
पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने निर्णयले व्यवसायी मारमा परेको बताएका छन् । पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले आज संयुक्त पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा प्रकाशशरण महतले जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा हवाई टिकटमा…
Read More »पर्यटकलाई मोहित बनाउने शिरीषको राताम्य फूल
चन्द्रकला भण्डारी झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडियो’ बनाउनेको भीड उर्लिएको छ । झापा र इलामको सिमाना नजिक पर्ने सो स्थान बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा छ । चियाको बुट्यानयुक्त प्राकृतिक हरियालीमा फूलको सौन्दर्य थपिएपछि मेची राजमार्ग हुँदै पहाडी जिल्लाहरू इलाम, पाँचथर…
Read More »लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए
पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६…
Read More »श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौँ फर्कियो
काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौँ फर्काएर सकुशल अवतरण गरिएको थियो ।…
Read More »‘सफा हिमाल अभियान’ : ३५ हजार ७०० किलो फोहर सङ्कलन
यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समापन समारोहमा ती हिमाल सफाइ अभियानका…
Read More »बेगनास ताल पर्यटक भित्र्याउन संरक्षण अभियान
वासुदेव पौडेल/ऋषिराम बराल तालैतालको सहर हो पोखरा । यहाँका नौ वटा ताल रामसार सूचीमासमेत सूचीकृत भइसकेका छन् । सात तालको बाटिका भनेर चिनिने पोखराको लेखनाथ क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो ताल हो बेगनास । बाह्रै महिना कञ्चन पानी टल्पलाइरहने यो ताल अझै पनि पर्यटकको पर्खाइमा छभन्दा अत्युक्ति नहोला । पोखरामा फेवा…
Read More »