शरद ऋतुको आरोहणका लागि मनास्लु रोजाइमा
४४ देशका २ सय ६० आरोहीले मनास्लु आरोहणको अनुमति लिएका छन् ।
काठमाडौँ । शरद ऋतु (अटम सिजन) मा मनास्लु हिमाल आरोहण आरोहीको रोजाइमा परेको छ । वसन्त ऋतुमा भने सगरमाथा आरोहीको रोजाइमा पर्दछ ।
यस सिजनमा ४४ देशका २ सय ६० आरोहीले ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु आरोहणको लागि पर्यटक विभागबाट अनुमति लिएका छन् । जस मध्ये २ सय १ पुरुष र ५९ जना महिला आरोही छन् । अधिकांश आरोही मनास्लु आधार शिविरतर्फ लागि सकेको पनि विभागले जनाएको छ ।
मनास्लुमा सन् १९५६ मे ९ मा जापानका तोसिओ इमानिशिले पहिलो पटक आरोहण गरेका थिए । उनले आरोहण गरेयता मनास्लुमा पहिलो पटक एकै सिजनमा सबैभन्दा धेरै अनुमति दिइएको पहिलो पटक भएको विभागले जनाएको छ ।
सन् २०१८ मा मनास्लु आरोहणमा १८ आरोही समूहका १९० आरोहीले अनुमति लिएका थिए । सन् २०१८ सम्ममा मनास्लुको एक हजार आठ सय ९७ आरोहीले सफल आरोहण गरिसकेका छन् ।
शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ । गत वर्षको तुलनामा यस वर्ष मनास्लु आरोहणमा धेरै आरोही आएका हुन् । विभागको पर्वतारोहण शाखाका अनुसार यस यामको मनास्लु हिमाल आरोहणका लागि २ सय ६० आरोहीको साथमा २ सय ७० जना नेपाली गाइडले पनि अनुमति लिएका छन् ।
आरोही र गाइड गरेर हालसम्म मनास्लुका लागि ५ सय ३० आरोहीले अनुमति लिएका हुन् । २ सय ६९ पुरुष गाइड र १ महिला गाइड रहेको विभागले जनाएको छ ।
…………………..
यो सिजनमा १७ हिमाल आरोहणको अनुमति विभागबाट आरोहीले लिएका छन् । जसमा सबैभन्दा बढी मनास्लु, धौलागिरी, सगरमाथालगायतका हिमालहरू छन् । १७ हिमाल आरोहणका लागि ४७ देशका ४७ समूहका ३ सय ९५ आरोहीले अनुमति लिएका हुन् । जसमध्ये ३ सय ५ पुरुष र ९० महिला आरोही छन् ।
यस सिजनमा सगरमाथा आरोहणका लागि दुई आरोही समूहका १० आरोहीले आरोहण अनुमति लिएका छन् । त्यस्तै धौलागिरी हिमाल आरोहणका लागि दुई आरोही समूहका ३० जनाले अनुमति लिएका छन् ।
यस सिजनमा हालसम्म तीन करोड ९६ लाखभन्दा बढी आरोहण सलामी दस्तुर जम्मा भएको छ । विभागको विवरणमा सन् २०१८ को शरद ऋतुमा १६३ आरोही समूहले सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति लिएका थिए । आरोही दसैँ र तिहारसम्म आउने भएकाले आरोहीको सङ्ख्या बढ्न सक्ने विभागको अनुमान छ ।
केही दिनदेखिको भएको खराब मौसमका कारण सगरमाथा आरोहण हुन नसक्ने विभागले अनुमान गरेको छ । अन्य हिमालभन्दा सगरमाथा आरोहणका लागि मौसम खुल्ने समय छोटो हुन्छ ।
खराब मौसमका कारण आरोहीहरू आधार शिविरतर्फ समेत जान सकेका छैनन् । गत वर्ष पनि यस सिजनमा सगरमाथा आरोहण भएको थिएन ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…