नेपाल एयरलाइन्सलाई चीनले दियो उडान अनुमति
काठमाडौं– चीनले नेपाल एयरलाइन्सलाई आफ्नो देशमा उडानको अनुमति दिएको छ । नेपाल एयरलाइन्सले चीनको ग्वाङ्झाउमा उडान बिस्तारका लागि अनुमति मागेको थियो ।
सरकारको कूटनीतिक पहल र नेपाल एयरलाइन्सले बुझाएका कागजातका आधारमा चीनले उडान अनुमति दिएको नेपाल एयरलाइन्सले जनाएको छ । यसअघि चीनले नेपाल एयरलाइन्सको सेफ्टी अडिट गरेर मात्रै अनुमति दिने बताउँदै आएको थियो ।
अनुमति पाएसँगै नेपाल एयरलाइन्स निकट भविष्यमा उडान मिति तय गर्ने तयारीमा छ । ‘
निगमसँग अहिले ४ वटा जहाज छन् । ती जहाजबाट निगमले अहिले ८ वटा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । साविकका गन्तव्य प्रभावित नहुने गरी उडान तालिका मिलाएर मिति सार्वजनिक गरिने निगमले जनाएको छ ।
चिनियाँ नागरिक उड्डयन प्राधिकरणले विदेशी वायुसेवा कम्पनीलाई उडान अनुमतिका रुपमा अपरेशन स्पेसफिकेसन जारी गर्ने गर्छ । उक्त पत्र प्राप्त गरेसँगै वायुसेवा कम्पनीले चीनमा उडानको अनुमति पाउने प्रावधान छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…