दोलखाको शैलुङ्गमा होमस्टे तालिम सुरु
दोलखा । दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ्गमा नेपाल भ्रमण वर्षको सुरुवातसँगै होमस्टे तालिम भएको छ ।
शैलुङ्ग गाउँपालिकाले आयोजना गरेको सात दिने होमस्टे तालिममा सञ्चालनको प्रक्रिया, अतिथि सत्कार, स्थानीय परिकारहरु बनाउने, स्थानीय पर्यटकीय स्थलहरुको प्रवर्द्धन तथा सांस्कृतिक गतिविधिको बारेमा तालिम दिइएको प्रशिक्षक भुमराज तिवारीले बताए ।
तालिम कार्यक्रमको उद्घाटन गर्दै शैलुङ्ग गाँउपालिकाका प्रमुख भरत दुलालले शैलुङ्गको पर्यटन विकासमा होमस्टेको सञ्चालनपछि धेरै सम्भावनाको उजागर हुनुको साथै यसलाई अर्गानिक गन्तव्यको रुपमा प्रचारप्रसार गर्नुपर्ने बताए ।
स्थानीय उत्पादनको बजारीकरणसँगसँगै स्थानीय स्तरमै रोजगारी सृजना गर्न तालिमले सघाउ पुग्ने बताउँदै होमस्टेको प्रचारप्रसारमा गाउँपालिकाले साझेदारीमा काम गर्न चाहेको पनि बताए । गाँउपालिकाकी उपप्रमुख लालमाया योञ्जनले शैलुङ्गलाई राष्टिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन होमस्टे राम्रो माध्यम हुने भएकोले होमस्टे सञ्चालनमा अनुदान दिनसमेत तयार रहेको बताइन् ।
तालिम कार्यक्रममा मन्तव्य राख्दै पर्यटन व्यवसायी फणीन्द्र पनेरुले नमूना पर्यटकीय होमस्टेको रुपमा विकासको लागि पहल गर्नुपर्ने बताए । तालिम कार्यक्रममा शैलुङ्ग गाउँपालिकाका वडा अध्यक्षहरु क्रमश ३, ५ र ६ का ध्रुबकुमार श्रेष्ठ, किरण बस्नेत, राजु खड्काले होमस्टे सञ्चालनमा आफुहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तालिममा ४० जना सहभागी छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…