June 17, 2020

मान रोपेर मुरी फलाउने चटारो

काठमाडौं । मुलुकमा माना रोपेर मुरी फलाउने बेला सुरु भएको छ । उपत्यकालगायत पूर्वदेखि पश्चिममा किसानहरुलाई अहिले धान रोप्ने चटारो सुरु भएको छ ।

यस वर्ष मनसुन बेलैमा भएपछि प्रशस्त पानी भएकाले रोपाई पनि बेलैमा सुरु भएको हो । मनसुन बेलैमा भएर रोपाइ पनि बेलैमा हुन सके धान उत्पादन बढ्ने बताइन्छ ।

डोटी: डोटीको जोरायल गाउँपालिका–३ रावतकट्टे सेरोमा धान रोपाइँ गर्दै किसान । गाउँमा पर्याप्त पानी भएका कारण किसानलाई धान रोप्न भ्याइ–नभ्याइ भएको छ । तस्वीर: विमलबहादुर विष्ट

लम्कीः कैलालीको जानकी गाउँपालिकाका महिला धान रोपाइँ गर्न तयार भएको बीउ उखेल्दै । कैलालीका अधिकांश किसानले परम्परागत रुपमा धान रोप्ने गर्दछन । तस्वीर: दुर्गा देवकोटा
पोखरा: पोखरा महानगरपालिका–१६ स्थित अर्मलास्थित ठूलिवेसी फाँटमा जेठो बुढो धानको विउ रोप्दै कृषक महिला । कृषक गोविन्द खडकाले धान मध्येको अव्बल जेठो बुढो धानको विउ उत्पादन गरि बिक्री गर्दै आउनु भएको छ । तस्वीर: हरि बास्तोला
दमौली: तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरवाराही मार्गस्थित वाराही टोलमा धान रोप्ने तयारी गर्दै कृषक । जिल्लाका विभिन्न ठाउँमा कृषकलाई यतिबेला रोपाइँको चटारो छ । तस्वीर: कृष्ण न्यौपाने
काठमाडौं: ललितपुरको टिकाभैरवका स्थानीय किसान खेतमा धान रोप्दै । तस्बिर: प्रदीपराज वन्त
काठमाडौं: ललितपुरको टिकाभैरवका स्थानीय किसानले खेतमा धान रोपेपछि खेतालालाई खुवाउन राखिएको खाजा । तस्वीर: प्रदीपराज वन्त
ताप्लेजुङ: हिमाली जिल्ला ताप्लेजुङको फुङलिङ नगरपालिकाका कृषक धान रोप्दै । जिल्लाका सिचाँइ उपलब्ध क्षेत्रमा धान रोप्न शुरु भएको छ । तस्वीर: सन्तोष पुर्कुटी

सबै तस्बिरहरु : रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…