रुकुमको सिस्नेमा पदमार्ग निर्माण
रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नं २ मा छिपखोला–प्वाङ–गुप्तदह–निगालटाला हुँदै पुप्ता दह, सिस्ने पुग्ने पदमार्ग निर्माण थालिएको छ । जिल्लाको उच्चस्थान सिस्ने–१ र २ मा पर्ने पर्यटकीयस्थल गुप्तदहतर्फको पदमार्गलाई स्तरोन्नति गरी पदमार्ग निर्माण गर्न लागिएको हो ।
वडा नं २ को प्वाङ भएर गुप्तदह हुँदै सिस्ने आवतजावत गर्न सहज बाटो नहुँदा अहिले समस्या परिरहेको छ । आवतजावतलाई सहज गराउनुका साथै पर्यटक भित्र्याउन पदमार्ग निर्माणको काम थालिएको हो । गुप्ता दह सिस्ने पुग्नका लागि प्रदेश ५ सरकारले क्रमागतरुपमा पदमार्गको योजना अगाडि सारेको छ । चालू वर्षमा प्रदेश सरकारको रु ३० लाख बजेटमा डिभिजन वन कार्यालय रुकुमपूर्वमार्फत पदमार्ग निर्माणको काम सञ्चालन भइरहेको वन कार्यालयले जनाएको छ ।
चालू वर्षमा सिस्ने– १ को चारसिङग्यदेखि गुप्तादहसम्मको ८८० मिटर बाटो खनिएको छ । यस्तै सिस्ने– २ को खारा–मूलपानी, चाखलिमेला–प्वाङ्गे बिसौना हुँदै गुप्तदहतर्फको भनभनेसम्म एक हजार ९६० मिटर पदमार्ग खनिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी सुजन राजभण्डारीले बताए ।
छिपखोला–प्वाङगुप्तदह–निगालटाला हुँदै सिस्ने गाउँ खण्डको बाटोको कुनै ठाउँमा साह्रै अप्ठ्यारो रहेकाले पदमार्ग योजनामार्फत बाटोलाई स्तरोन्नति गर्न आवश्यक रहेको राजभण्डारीले बताए । जिल्लाको उच्चस्थानमा रहेको गुप्तादहमा सिस्ने हिमालको छायाँ देखिने गर्दछ । उक्त ठाउँमा गुप्ता दह र सिस्ने हिमालको अवलोकन गर्न जाने मान्छे बढेको सिस्ने– २ का वडाध्यक्ष जीवन केसीले बताए । सिस्ने– १ जाने र यार्सा मौसममा डोल्पा यार्सा टिप्न जाने रोल्पा, रुकुम, सल्यानलगायत जिल्लाका मानिस उक्त बाटो हुँदै आवतजावत गर्छन् । – रासस
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…