साउन १५ देखि पर्यटकीय व्यवसायहरु सुचारु हुने
काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण ठप्प रहेको पर्यटकीय गतिविधिहरू साउन १५ देखि सञ्चालनमा आउने भएको छ ।
पर्यटन मन्त्री योगेश भट्टराईले मङ्गलवार राजधानीमा आयोजित एक कार्यक्रममा दिएको जानकारी अनुसार सोमबारको मन्त्रिपरिषद्को बैठकले साउन १५ देखि पर्यटन क्षेत्रका मुख्य व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
जस अन्तर्गत होटेल, ट्रेकिङ तथा पर्वतारोहणलगायतका गतिविधिहरू सुचारु गर्ने निर्णय गरेको हो । साथै भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू सुचारु गर्ने निर्णय गरेको छ ।
मन्त्री भट्टराईले कोरोना सङ्क्रमणको तथ्याङ्कलाई विश्लेषण गरेर नै यी निर्णयहरू लिइएको बताएका छन् । उनले कोरोनाका सङ्क्रमण धेरै नदेखिए पनि मुक्त भएको अवस्था नरहेको पनि बताए ।
‘हामीले स्वास्थ्य सुरक्षाका प्रोटोकल बनाएका छौँ । त्यसको पालना नगरेर फेरी सङ्क्रमण बढ्यो भने फेरी बन्द गर्नु पर्ने हुनसक्छ’ उनले भने ।
पर्यटन मन्त्री भट्टराईले पर्यटनमा सङ्ख्या नभएर गुणस्तरमा जोड दिइने पनि बताएका छन् । २०२० मा बिस लाख पर्यटन भित्र्याउने कोरोना महामारीका कारण विफल भएपछि गुणस्तरमा जोड दिने नीति सरकारले लिएको उनको भनाई रहेको छ ।
‘अब हाम्रो लक्ष्य मास टुरिजममा होइन, गुणस्तरमा ध्यान दिऊँ’ उनले भने, ‘जसले गर्दा मास टुरिजमबाट हुने आम्दानी थोरैबाट हुन सकोस् ।’
त्यसैगरी पर्यटन भनेर मठ, मन्दिरलगायतका साना कुराहरूमा धेरै खर्च भएकोमा त्यसलाई रोक्ने बताए । उनले ठुला पर्यटकीय क्षेत्रहरूमा विकासमा ध्यान दिइने बताए । ‘यसका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा ठुला पर्यटकीय क्षेत्रहरूको विकास गरिनेछ’ उनले भने ।
उनले तीनै सरकारको साझेदारीमा सात प्रदेशका सात वटा पर्यटन गाउँ निर्माण गरिने पनि उनले बताए । त्यस्ता पर्यटकीय गाउँहरूमा पर्यटकका लागि आवश्यक सबै खाले सुविधा उपलब्ध गराइने उनले बताए ।
त्यस्तै लुम्बिनी, पोखरा, जनकपुर स्थानहरूलाई पनि थप प्रवर्द्धन गरिने र पर्यटकीय प्रडक्टहरू थप्ने उल्लेख गरेका छन् ।
उनले काठमाडौँ उपत्यका वरिपरिका सुन्दर डाँडाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने पनि बताए । ती डाँडाहरूलाई पर्यटक लागि आकर्षक क्षेत्रको रूपमा विकास गरिने उनको भनाई छ ।
‘हामीले योजना बनाउने हो, योजना भएपछि देश भित्रैका र बाहिरका पनि लगानीकर्ताहरू आउन सक्छन्’ उनले भने ।
For more read: Domestic and international flights to take off from August 17
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…