नारायणहिटी संग्रहालयमा थपियो जहाज
काठमाडौं । पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको एभ्रो जहाज नारायणहिटी दरबार संग्रहालयमा पुर्याइएको छ । टुक्रा पारेर क्रेनले तानेर लगेकोले जोडि सकेपछि सर्वसाधारणलाई अवलोकन गर्न दिइने बताइको छ ।
राजतन्त्रकालिन अवस्थामा राजदरवारको रुपमा रहेको नारायणहिटीलाई गणतन्त्र स्थापनापछि संग्रहालयको रुपमा विकास गरिएको छ ।
पूर्व राजपरिवारसँग सम्बन्धित सामाग्रीहरु संकलन गरेर प्रदर्शनीमा राखिएको छ । सर्वसाधरणका लागि नारायणहिटी संग्रहालय आकर्षण बन्दै आएको छ । यही सिलसिलामा पूर्व राजपरिवारले प्रयोग गर्ने गरेको उक्त एभ्रो विमान विमानस्थलबाट नेपाली सेनाले शनिबार साँझ घिसारेर नारायणहिटी पुर्याएको हो ।
यो जहाज दुई वर्षदेखि ग्राउण्डेड थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नारायणहिटी संग्रहालयसँग समन्वय गरेर त्यहाँ लगिएको बताइएको छ ।
४६ वर्षअघि बेलायतबाट ल्याइएको यो जहाज लामो समयसम्म राजपरिवारले प्रयोग गरेको र गणतन्त्र आइपछि सेनाले प्रयोग गर्दै आएको थियो।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …