दुई हिमाल चढेर फर्किए बहराइनका राजकुमार
काठमाडौं । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा मनास्लु र लोवुचो हिमालको सफल आरोहण पछि शुक्रबारस्वदेश फर्र्केका छन्।
राजकुमार खलिफालाई संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा विदाई गरेका थिए । उक्तअवसरमा राजकुमार खलिफाले हिमाल नै थाहा नपाएको आफू नेपालका हिमाल चढ्दा र यहाँको प्राकृतिक सौन्दर्यताबाट ज्यादैरोमान्चित भएको र नेपालमा नै बसौं बसौं लागेको बताएका थिए ।
एक महिना ७ दिनको नेपाल बसाईको अनुभव मध्यपूर्वका जनतालाई बाड्ने पनि उनले बताएको मन्त्री भट्टराईके सचिवालयले जनाएकोछ । ‘नेपालप्रति मेरो यति लामो बसाईमा कुनै गुनासो छैन, यहाँको आतिथ्यतादेखि लिएर हिमाल आरोहण र अन्य प्राकृतिकसौन्दर्यताको अन्भव साच्चिकै स्मरणीय रह्यो’ राजकुमार खलिफाले भने ।
मन्त्री भट्टराईले नेपालका हिमाल आरोहण गरेर पुरै मध्य पूर्वमा नेपालको सौन्दर्यताका बारेमा प्रचार भएको भन्दै राजकुमार खलीफालाईआभार व्यक्त गरे । साथैं, उनले बहराइनसँगको हवाई उडान नियमित गर्न र त्यहाँका नागरिकलाई नेपाल घुम्न पठाउन सहयोगी भुमिकाखेलिदिन पनि आग्रह गरे ।
नेपालका हिमाल आरोहण गर्न क्रिस्टिफर एन्थोनीको नेतृत्वमा राजकुमार खलीफा सहित १८ सदस्यीय टोली गत भदौ ३१ मा नेपालआएका थिए ।
टोलीमा बहराइनको रोयल गार्डमा कार्यरत् १५ जना बहराइनी र ३ जना बेलायती नागरिक थिए । उक्त टोलीले ८१५६ मिटर अग्लोमनास्लु र ६११९ मीटर अग्लो लोबुचो हिमाल आरोहण गरेको थियो । मनास्लु हिमाल बेसक्याम्पबाट आठै दिनमा सफल आरोहण गरेकोथियो । आरोहणका क्रममा टोलीले मनास्लु हिमालको १९०० किलो फोहोर मैला सफा गरेको थियो भने लोबुचोको सबै फोहोर सफाईगरेको थियो ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …