कोरोना संक्रमण देखिएपछि सगरमाथा क्षेत्रमा पदयात्रा बन्द
काठमाडौं । कोरोना संक्रमण देखिएपछि सगरमाथा क्षेत्रमा पर्यटकलाई आवगमन रोक लगाइएको छ ।
पासाङल्हामु गाउँपालिकाले विभिन्न एयरलाइन्सलाई पत्र लेख्दै गाउँ पालिकाभित्र एक जनालाई कोरोना संक्रमण देखिएको हुँदा यात्रु नल्याउन आग्रह गरिएको छ ।
गाउँपालिकाले पत्रमा सावधानी अपनाउँदा अपनाउदै पनि संक्रमण देखिएको र त्यसले गर्दा त्यस क्षेत्रमा सञ्चालित होटल, लज तथा अन्य व्यवसायीले सेवा दिन नसक्ने जानकारी गराएको पनि उल्लेख गरिको छ ।
लामो लकडाउन पछि सरकारले केही दिन अघि मात्र ट्रेकिङ र पर्वतारोहण खुला गरेको थियो । मुलुकको प्रमुख पर्वतारोहण तथा पदयात्रा क्षेत्र मध्येको एक सगरमाथा क्षेत्रमा खुलेसँगै आकर्षण देखिएको थियो ।
फेरी बन्द हुँदा पर्वतारोहण र ट्रेकिङमा असर पर्ने देखिएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…