क्यानोनिङको उच्च सम्भावना बोकेको कल्छे झरना
शब्द/तस्बिर : लाला गुरुङ
स्याङ्जा । फेदीखोला गाउँपालिका– ४ मा पर्ने कल्छे झरना साहसिक खेल पर्यटन क्यानोनिङको लागि उपयुक्त रहेको छ । १५५० मिटरको उचाइमा रहेको १ सय २० मिटर अग्लो यो झरना बाह्रै मास निरन्तर बगिरहन्छ ।
कोही स्थानीय कलकल बग्ने भएर कल्छे भनिएको बताउँछन् भने कोही माथिबाट तलसम्म चार वटा छहरा भएकोले यसलाई कल्छे भनिएको भन्छन् । स्थानीय ७३ वर्षीय ताराबहादुर कामीका अनुसार यो क्षेत्रमा बस्न थालेको उनीहरूको सात पुस्ता भयो र यो झरना कहिल्यै सुकेको छैन । चैत/वैशाखमा पनि निरन्तर बगी रहन्छ भने बर्खामा बढेर बाटो छेक्न आइपुग्छ ।
फेदीखोला गाउँपालिकाको सिद्धार्थराजमार्गस्थित सर्केटारी बजारबाट दश किलोमिटरको दुरीमा पर्छ यो झरना । अरुखर्क, गलेमको भीर, राँपुँ हुँदै झरना पुगिन्छ । राँपुँ, गलेम, गुना, आरुखर्कलगायतका गाउँहरूको पिउने पानीको स्रोत यही झरनाबाट बगेर आउने कल्छे खोला हो ।
यसको मुहानमा सानो पोखरी छ । यो ठाउँलाई महन चौर भनिन्छ । यो झरनाको छेउमा दुई वटा राजगिद्धको गुँड पनि रहेको छ । राज गिद्ध विश्वमै लोप हुने अवस्थामा रहेको प्रजाति मानिन्छ ।
फेदीखोला गाउँपालिकाले यो झरना र वरिपरिको क्षेत्रमा पर्यटन विकासको लागि प्रयास गरिरहेको छ । फेदीखोला ४ का वडाध्यक्ष माधवप्रसाद सुवेदीले आफ्नो वडामा एग्रोटुरिजम्, नेचुरल टुरिजम् र कल्चरल टुरिजमलाई अगाडि बढाउने योजना भएको उल्लेख गर्दै कल्छे झरनाको विकासको लागि पनि योजनाबद्ध रुपमा लाग्ने बताएका छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…