नारायणहिटी संग्रहालयमा सुनौलो बग्गी
काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालयको दर्शक कक्षमा सुनौलो बग्गी थपिएको छ ।
सुनौलो रङ्ग र आकर्षक डिजाइनको यो बग्गी बेलायती महारानी एलिजाबेथ द्वितीयले राजा महेन्द्रलाई उपहार दिएका हुन् ।
बेलायती महारानी पहिलो पटक २०१६ सालमा नेपाली आएकी थिइन् । त्यही बेला यो बग्गी ल्याएको बताइन्छ । २०३१ सालमा राजा महेन्द्रलाई यो बग्गी उपहार स्वरूप दिएका थिए । २०३१ सालमा राजा वीरेन्द्रको शुभराज्यभिषेकका बेला यो बग्गीको प्रयोग गरिएको थियो ।
महारानी एलिजाबेथ द्वितीयको नेपाल भ्रमणको बेला यो बग्गी प्रयोग गरेको बताइन्छ ।
२०७२ सालमा गएको भूकम्पले बग्गीमा क्षति पुगेपछि ५ लाख रुपैयाँ“ खर्च गरेर मर्मत गरिएको बताइएको छ ।
तस्बिरहरु: गणेश बाम्बुले ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …