पर्यटन बोर्डद्वारा दातृ निकायसँग छलफल
काठमाण्डौं । नेपाल पर्यटन बोर्डले नयाँ परिस्थतिमा दीगो पर्यटनका नयाँ रणनीति निर्माणका लागि दातृ निकाय एवं कुटनीतिक नियोगसँग छलफल गरेको छ ।
बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत देशभर भएका कामबारे जानकारी दिँदै नेपाल पर्यटन पुनःउत्थानको रणनीति २०२१ बारे दातृ निकाय एवं कुटनीतिक नियोगसँग गरेको जनाएको छ ।
कार्यक्रममा बोर्डले तयार पारेको नेपाल पर्यटन पुनःउत्थानको रणनीति २०२१, पर्यटकीय सवारी सञ्चालन मार्गनिर्देशन र फुड एण्ड वेभरेज सर्भिस स्टान्डर्डका बारेमा जानकारी गराइएको थियो ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय परियोजना निर्देशक डा. धनन्जय रेग्मीले कोभिड १९ को संक्रमण र यसले पारेको प्रभावका बीच पनि नेपाल पर्यटन बोर्डले विभिन्न रचनात्मक कामहरु गरेको जानकारी दिँदै पछिल्लो परस्थितिमा पनि नयाँ रणनीतिका साथ काम गर्नु पर्ने अवस्था आएको बताए ।
‘कोभिड–१९ को कारण विगतको समय हामी सबैका लागि कठिन नै रह्यो । तर पनि हामीले केही रचनात्मक कामहरु गर्यौं । जसमा पर्यटक खोज तथा उद्धार, आन्तरिक पर्यटन प्रवर्द्धनमा सामाजिक जागरणका कार्य, ट्राभल प्रोटोकल अपडेट जस्ता कार्य निरन्तर गर्यौं, जसको कारण बोर्डले बेलायतमा वन्डरलस्ट अर्वाड प्राप्त गर्यो । कोभिडको नयाँ भेरियन्टले गर्दा तत्काल परिस्थती सहज बन्ने अवस्था देखिँदैन । यद्यपी यो क्षेत्रलाई बचाई राख्न केही न कही गर्ने पर्ने अवस्था छ त्यसको लागि नयाँ साझेदार आवश्यक रहकोले सहकार्यको लागि म दातृ निकायलाई अनुरोध गर्दछु’ डा. रेग्मीले भने ।
उनले परियोजनाबाट करिब ६ हजार पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना, १९ वटा हाइकिङ रुट निर्माण, १५ किलोमिटर साइकल मार्ग निर्माण, ७५ किलोमिटर पदर्मागको पुनर्निर्माण र ५७ किलोमिटर नयाँ विकास, छ वटा पर्यटकीय सेल्टर निर्माण, सातवटा काठे पुल निर्माण तथा ११ वटाको मर्मत सम्हार गरिएको जानकारी दिँदै यसले पर्यटनका लागि नयाँ प्रडक्ट समेत विकास गरेको बताए ।
परियोजनाले २३ जिल्लाका ३८ वटा पालिकासँगको सहकार्यमा पूर्वको कञ्चनजंघादेखि सुदुरपश्चिमको कञ्चनपुरसम्म र तराईमा लुम्बिनी जनकपुर देखि हिमालमा हुम्ला डोल्पा, सोलुखुम्बुको करिब पाँच हजार मिटर उचाइसम्म काम गरेको थियो ।
कार्यक्रममा राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि आइसोनी लावेले नेपाल पर्यटन बोर्डको शुरुवाती चरणदेखि नै युएनडीपीले बोर्डसँग काम गरेको स्मरण गर्दै कठिन समयका बाबजुद बोर्डले परियोजना अन्तरगत गरेका कामहरु मत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले पर्यटनसँग सम्बद्ध ट्रेकिङ एजेन्सिज एशोसिएसन्स अफ नेपाल (टान),नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्स् (नाटा), होटल एशोसिएसन नेपाल (हान), नेपाल एशोसिएसन अफ राफिटिङ एजेन्सिज् (नारा)लगायतका संस्थाहरू तथा स्थानीय तहसँगको सहकार्यमा माध्यमबाट अल्पकालीन रोजगारी सिर्जना मात्र नभई पर्यटकीय प्रडक्टसमेत तयार भएको उल्लेख गरे । उनले यसबाट दीगो पर्यटन विकासमा मत्त्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा युएनडीपीसँगै, वर्ल्ड बैंक, आइएफसी, युएसएड, एसएनभी, युएन हेबिट्याट, नेपालस्थित मलेसियन दुतावासलगायतका संस्थाबाट प्रतिनिधिहरू सहभागी रहेका छन् ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …