कामीरिता २६ औं पटक सगरमाथाको चुचुरामा, तोडे आफ्नै बिश्व रेकर्ड
काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै विश्व कीर्तिमान तोडेका छन् । उनको नाममा सर्बोच्च शिखर सगरमाथा २५ पटक चढेको बिश्व कीर्तिमान थियो ।
यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पा अन्य ११ जना सहकर्मी शेर्पाको टोलीसहित विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका हुन् । सोलुखुम्बुको थामेका ५२ वर्षीय शेर्पाले यसअघि सन्यासको घोषणा गरेको भए पनि पछि पुन आरोहणको घोषणा गरेका थिए ।
‘कामीरितासहित ११ नेपाली शेर्पाहरुको टोलीले शनिबार बेलुकी ६:५५ बजे सगरमाथा चुचुरोमा पाइला राखेका छन्,’ काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले भनेका छन्,‘कामीरिताको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए ।’
यस सिजनमा आरोहीहरुका लागि सगरमाथामा रोप फिक्सिङ (डोरी टागेर) गरी चुचुरोसम्मै बाटो बनाइदिने टोलीको कामीरिताले नेतृत्व गरेका थिए । टोलीमा संखुवासभाका सोना शेर्पा, निग्मा टासी शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जिङ शेर्पा, तारेमान शेर्पा, सोलुखुम्बुका निग्मा टासी शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा, फुर्वा छोतार र दोलखाका मिग्मा धन्दु शेर्पा थिए । यी सबै शेर्पा आइतबार बेलुकीसम्म सगरमाथा आधार शिविरसम्म फर्किने भनिएको छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …