July 11, 2023

हराई रहेको मनाङ एयर हेलिकप्टर दुर्घटना, चालकसहित ६ जनाकै मृत्यु

मंगलबार बिहान सम्पर्क बिहीन भएको हेलिकप्टर सोलुखुम्बुको लामजुरा क्षेत्रमा दुर्घट्ना भएको अबस्थामा भेटिएको छ । उक्त हेलिकप्टरमा रहेका चालकसहित छ जनैको मृत्यु भएको छ ।

सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन रहेको हेलिकप्टर दुर्घट्ना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन पर्यटकको मृत्यु भएको हो । दुर्घट्ना भएको लामजुरा क्षेत्र सोलुखुम्बुकै लिखुपिके गाउँपालिकाकै वडा नम्बर ५ मा पर्दछ ।

मृत्यु हुने मेक्सिकन पर्यटकहरुमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् । उनीहरु सबै १५ दिनका लागि नेपाल घुम्न आएको बताइएको छ ।

सुर्के हेलिप्याटबाट बिहान १०.५ मा काठमाडौंका लागि उडेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । काठमाडौंबाट लुक्ला विमानस्थलको लागि उडेको हेलिकप्टर मौसम खराब भएकाले सुर्केमै अवतरण गरिएको थियो र यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाएको बताइएको छ ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …