November 21, 2020

जीपी कोईराला फाउण्डेशनको पर्यटन विभागको निर्देशकमा गुरुङ नियुक्त

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशनको पर्यटन विभागका निर्देशकमा नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ नियुक्त भएका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित फाउण्डेशनको बिहीबार बसेको कार्यसमितिको बैठकले पर्यटन व्यवसायी गुरुङलाई दुई वर्षका लागि निर्देशकमा नियुक्त गरेको हो ।

नवनियुक्त निर्देशक गुरुङले फाउण्डेशनमा बसेर पर्यटन क्षेत्रको अनुसन्धान, प्रबर्द्धन तथा विकासमा उल्लेख्य भूमिका खेल्ने विश्वास लिएको फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलगायत सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । फाउण्डेशनका अध्यक्ष कोईराला पुत्री तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला छिन् ।

गुरुङ केही दिनअघि मात्र अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको सचिवालय सदस्यमा निर्वाचित भएका छन् ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …