नेकपाका नेता भट्टराई पर्यटन मन्त्री नियुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्त गरेका छन् ।
बुधवार मन्त्रिपरिषद् विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । बुधवारै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली र सभामुख कृष्णबहादुर महराको उपस्थितमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री भट्टराईलाई शपथ गराएकी हुन् ।
भट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुन् । नेकपाका स्थायी समिति सदस्यसमेत रहेका भट्टराई पहिलो पटक मन्त्री बनेका हुन् ।
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन मन्त्री रविन्द्र अधिकारीको गत फागुन १५ गते निधन भएपछि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका थिए।
२०२३ सालमा ताप्लेजुङमा जन्मिएका भट्टराई तत्कालीन एमालेको विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उनी तत्कालीन एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्ष बनिसकेका छन् भने माओवादीसँग मिल्नुअघि तत्कालीन एमालेको सचिव थिए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…