December 10, 2019

बेत्रावतीमा ‘टिम्स’ चेक पोष्ट स्थापना

काठमाडाैं– रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावतीमा ट्र्याकर इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) चेक पोष्ट संचालनमा ल्याउने भएको छ ।

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) ले  पर्यटकलाई सहज बनाउन आउँदो जनवरी १ बाट बेत्रावतीमा टिम्स संचालन गर्न लागेका हुन् ।

यसअघि धुन्चेमा टिम्स चेक पोष्ट भए पनि बिभिन्न कारणले बन्द थियो । टिम्स नहुँदा लामटाङ क्षेत्र घुम्ने पर्यटकलाई असहज हुने गरेको थियो । सोमबार उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले चेक पोइन्ट संचालनमा गाउँपालिकाको सहयोग रहने बताए ।

यसअघि रसुवा क्षेत्रमा यो चेक पोष्ट थिएन । यसले डाटासहित रेकर्ड राख्ने भएकाले पर्यटकको दुर्घटनामा छिटो उद्धार गर्न समेत सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत कुन्दन शर्माले बताए ।

यसले पर्यटकको तथ्यांक राख्न र पर्यटकलाई सुरक्षा अनुभूति गराउन सहज हुने विश्वास लिइएको छ ।  स्थानीयलाई नै रोजगारी सिर्जना गर्न समेत बेत्रावतीमा संचालन गरिएको टानका अध्यक्ष खुम सुवेदीले बताए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…