March 10, 2020

होमस्टे चलाउने आमाहरु सम्मानित

Homestay

काठमाडौँ : माइती नेपालले नारी दिवसको अवसर पारेर होमस्टे चलाउने आमाहरुलाई सम्मान गरेको छ ।

गाउँमा होमस्टे चलाएर उद्यमशीलताको प्रवर्द्धन गरेको तथा महिलाको सशक्तिकरणमा योगदान दिएको भन्दै कास्की, लमजुङ र स्याङ्जाकी ६ जना आमाहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा कास्कीको ल्वाङ सामुदायिक होमस्टेकी डम्मरकुमारी गुरुङ, कास्कीकै दिलमाया गुरुङ, लमजुङकी सीता गुरुङ र तिलामाया गुरुङ तथा स्याङ्जाकी चन्द्रावति गुरुङ र पार्वती गुरुङ छन् ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, लेखक तथा व्यवसायी कर्ण शाक्यले कदर पत्र र प्रतिब्यक्ति दश हजार रुपैयाँ नगद प्रदान गरेका थिए । डम्बरकुमारी यसअघि राष्ट्रिय संरक्षण कोषको संरक्षण पुरस्कारबाट समेत सम्मानित भइसकेकी छिन् ।

ल्वाङमा डम्बर कुमारीसहित सात जनाले २०६७ सालबाट होमस्टे सञ्चालनमा ल्याएकी हुन् । उनीहरुले पाहुनाबाट लिने केही रकम होमस्टे समुहमार्फत गाउँको विकासमा लगाउने गरेका छन् ।

उनका अनुसार प्रति पाहुना लिने १ हजार ७५ रुपैयाँ मध्ये २५ रुपैयाँ हेल्थपोष्ट, २५ रुपैयाँ विकास निर्माण र २० रुपैयाँ पाहुना व्यवस्थापन मिलाउने कर्मचारीलाई छुट्याउने गरिएको छ । कर्मचारीले पाहुनाको रेकर्ड राख्ने, होमस्टेहरुमा पालो मिलाएर पाहुना पुर्‍याउने काम गर्दछ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…