September 6, 2020

जन्मदिनमा भोज गर्ने रकम सहयोग गर्छन् पर्यटन मन्त्री भट्टराई

काठमाडौं संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई विगत वर्षदेखि आफ्नो जन्मदिनमा कोही कोही दुखमापरेकालाई सहयोग गर्दै आएका छन् यस वर्ष उनले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित बालिका  मुस्कान खातुनलाई आर्थिकसहयोग गरेका छन्

गत वर्ष भदौ २० गते घरबाट स्कुल जादै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए एसिड प्रहारबाट घाइते उनकोउपचार भईरहेको नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले ५० हजार रुपैयाॅ नगदप्रदान गरेको उनको सचिवालयले जनाएको

सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराईले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए उनले भने, ‘मलाई विश्वास , तपाई भविष्यमा डाक्टर बन्नुहुनेछ मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोली डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला   खातुनलेआफु पढेर डाक्टर बन्न चाहेको बताएका छन्

उनले एसिड पीडित बालिका खातुनसँग अप्ठेरो बेलामा मात्र नभएर सजिलो बेला पनि जीन्दगीभर सम्बन्ध रहिरहने बताए पीडितबालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केहि दिन अघि बालुवाटारमा बोलाएर उनको शिक्षाको सबै प्रबन्ध गरिने बचन दिएकाथिए

जन्मदिनमा भोजभतेर गर्नुको कुनै अर्थ नहुने भएकाले उक्त रकमलाई सामाजिक परोपकारी काममा प्रयोग गर्दै आएको पनि मन्त्रीभट्टराईले बताएका छन्

०७२ सालदेखि मन्त्री भट्टराईले नियमितरुपमा आफ्नो जन्मदिनमा असहाय, पीडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएको उनकोसचिबालयले जनाएको ०७२ को महाभूकम्पमा बाबु गुमाएका काठमाडौं मनमैजुका बालक विराज अधिकारीलाई सहयोग गरेर योखालको कामको शुरुवात गरेका थिए ०७३ सालको जन्मदिनमा  उनले बाबु आमाले लिएको ऋण तिर्न नसकेपछि गोठालो बेसकादोर्जी शेर्पालाई उद्धार गरी काठमाडौं ल्याएर पढनपाठनको व्यवस्था मिलाए भने ०७४ को जन्मदिनमा दुवै भल्भ फेर्नुपर्ने समस्याबाटपीडित मुटुरोगी ताप्लेजुङका मिलन शेर्पाको उपचारमा सहयोग गरे

०७५ को जन्मदिनमा ताप्लेजुङका विपन्न दुई बालक गंगा विक कमल विकलाई अध्ययन खर्चस्वरुप नगद सहयोग प्रदान गरे गतवर्षको जन्मदिनमा मन्त्री भट्टराईले  पढाइ लेखाईमा अप्ठेरोमा परेका दृष्टिविहिन आमाबुबाका सन्तान ताप्लेजुङका समीर राईलाईसहयोग गरेका थए

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …