सांस्कृतिक
शुक्रबार प्रज्ञा प्रतिष्ठानमा ‘ताप्लेजुङ साझ’, चर्चित कलाकारको प्रस्तुति हुने
काठमाडौँ– ताप्लेजुङको कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी माघ १७ गते काठमाडौँमा ‘ताप्लेजुङ साँझ’ आयोजना हुने भएको छ । ताप्लेजुङ सरोकार केन्द्रले कलाकर्मीको हित, संरक्षण, प्रवर्द्धन तथा उत्थानका लागि ‘ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापना गर्न साँझ आयोजना गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ । कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने साँझमा…
Read More »लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने
हरि बास्तोला पोखरा– पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हुने तेस्रो विश्व शान्ति पूजाका अवसरमा गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने भएको छ । हिमाल आरोहण एवं पदयात्राका क्रममा दिवङ्गत भएका सम्पूर्ण आत्माको चिरशान्तिको कामना गर्दै पोखरामा यही माघ २० देखि २२ गतेसम्म हुने विश्व शान्ति पूजामा शान्तिको प्रतीक दीप ल्याउन…
Read More »चारुमतीमा माघ अन्तिम साता त्रिपिटक पाठ, छ देशका दुई सय जना सहभागी हुने
काठमाडौँ– भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न यही माघ २५ र २६ गते अन्तर्राष्ट्रिय त्रिपिटक पाठ गरिने भएको छ । चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इण्डोचाइना फ्रेण्डसिप एशोशिएसनको संयुक्त आयोजनामा चारुमती स्तूप क्षेत्रमा हुने कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा र लाओसका करिब २०० भिक्षु/भिक्षुणी, गुरुआमा, लामा,…
Read More »चार सय वर्ष पुरानो महादेवको मूर्ति चोरी
साँखु– शङ्खरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ । साल्खा महादेवस्थानको नामले चिनिने सुनको जलप लगाएको तामाको प्रतिमूर्ति साँखुका मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाट गएराति चोरी भएको हो । हरेक वर्ष जनैपूर्णिमाको जात्रामा पूजा गरिने अन्दाजी २.५ फिटको चारमुखी ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति मध्यरातमा घरबाटै चोरी…
Read More »थारू नाच र वेशभूषामा युवाको आकर्षण
रीता लामा घोराही–घोराही उपमहानगरपालिका–१७ ढिकपुरकी १४ वर्षीया अन्जिता चौधरी आफ्नै थारू वेशभूषामा रमाउँदै गरेको पटकपटक भेटिन्छिन् । गोरखा आवासीय माविमा कक्षा १० पढ्दै गरेकी उनी हिजोआज फुर्सदको समयमा थारू जातिले नाच्ने विभिन्न किसिमका नाच सिक्छिन् र अवसर पाएको ठाउँमा थारू नाच देखाउन सक्रिय हुन्छिन् । जिल्लामा हुने थारू वेशभूषा प्रतियोगिता,…
Read More »घाचोकका होमस्टेको आकर्षण : अर्गानिक खाना, प्राकृतिक दृष्यावलोकन र स्थानीय संस्कृति
काठमाडाैं– पछिल्लो समय एक ठाउँबाट अर्को ठाउँ गएर घुमफिर र रमाइलो गर्नेे चलन बढेको छ । सहरको कोलाहल र प्रदूषणबाट थोरै समय भए पनि शान्त र रमणीय स्थानको खोजीमा ग्रामीण क्षेत्रमा जान चाहनेको संख्या बढ्दो छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको घाचोक पनि घुमफिर गर्न लायक ठाउँ बनेको छ । गाउँमा…
Read More »देवघाटधाममा आध्यात्मिक महासम्मेलन चैत–वैशाखमा
चितवन– नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै देवघाटधाममा सात दिवसीय बृहत् आध्यात्मिक महासम्मेलन हुने भएको छ । आगामी चैत ३१ देखि वैशाख ७ गतेसम्म महासम्मेलन हुनेछ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार महासम्मेलनको संयोजकका रुपमा रहिदिन वाग्मती प्रदेशका प्रमुख डोरमणि पौडेललाई आग्रह गरिएको छ ।…
Read More »ट्राउट माछा र कोदोको ढिँडो खान ताराखोला होमस्टे
बागलुङ– ताराखोला गाउँपालिकाले घरवास पर्यटनलाई बढावा दिएको छ । विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको गाउँपालिकाले यही वर्ष गाउँपालिकाभित्र चार घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । दुई घरवासमा गाउँपालिकाको आफ्नै लगानी छ । गत आवमा घरवास सञ्चालनका लागि गाउँपालिकाले १० लाख बजेट छुट्याएको थियो । विनियोजित रकमले वडा नं…
Read More »सोनाम ल्हाेसार : वागमती प्रदेशमा आज सार्वजनिक बिदा
हेटौंडा– वागमती प्रदेश सरकारले यही माघ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सार्वजनिक बिदा…
Read More »नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव हुने
बेनी– नेपाल भ्रमण वर्ष २०२० को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । माघ १६ देखि २१ गतेसम्म नारच्याङको बेँसीगाउँमा पर्यटन महोत्सवसँगै अध्यक्ष कप खेलकूद प्रतियोगिता सञ्चालन गर्न लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए । अन्नपूर्ण आधार शिविर, रुप्से झरना, अन्धगल्छी, बाजा बजाउने ढुङ्गा,…
Read More »