ट्रेकिङ
अन्नपूर्णको हिमपहिरोमा हराएका थप दुईसहित सातको शव फेला
कास्की । अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिङ्कुकेभ वरिपरिको हिमपहिरोमा परी बेपत्ता थप दुई जनाको शव आज बिहान फेला परेको छ । यससँगै सो पहिरोमा परेर हराएका तीन नेपाली पर्यटक पथप्रदर्शक तथा चार कोरियन पर्यटक गरी सात जनाकै शव फेला परेको हो…
Read More »ट्रेकिङ गर्न आएका विदेशी पर्यटकका भरिया अलपत्र
खाँदबारी । मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ भरिया सभापोखरीमा अलपत्र परेका छन् । विदेशी पर्यटकसँग मकालु हिमाल ट्रेकिङमा हिँडेका भरिया लक डाउनका कारण सङखुवासभाको सभापोखरी गाउँपालिका–२ बाह्रविसेमा अलपत्र परेका हुन् । उनीहरुसँग आएका अस्ट्रेलियाका दुई, क्यानडाका दूई र फ्रान्सका एक नागरिकको गत चैत १८ गते नै कैलाश…
Read More »पर्यटनलाई पुनर्जीवन दिन ठोस कार्यक्रम ल्याइन्छ : पर्यटनमन्त्री
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा परेको असरलाई पुनर्जीवन दिने गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेटमार्फत ठोस कार्यक्रम ल्याउने बताएका छन् । ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) र नेपाल टे«किङ, संस्कृति, पुरातात्विक, कार्गो, कुरियार श्रमिक युनियन (युनिट्राभ) का…
Read More »पोखरामा अलपत्र २४ पर्यटकलाई काठमाडौँ पठाइयो
कास्की । कोभिड–१९ को सङ्क्रमण रोक्नका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारणले आफ्नो देश फर्किन नपाएका २४ जना पर्यटकलाई बिहीबार स्थलमार्गबाट काठमाडौँ पठाइएको छ । नेपालस्थित विभिन्न मुलुकका दूतावासको अनुरोधमा गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयलाई लकडाउनबाट अलपत्र पर्यटकलाई उद्धार गरी पठाउन निर्देशन भएबमोजिम ती पर्यटकलाई काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी…
Read More »मुस्ताङमा ६८ विदेशी पर्यटक अलपत्र
मुस्ताङमा घाेडामा सवार पर्यटक । फाइल तस्बिर ठिनी- कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारले लकडाउन जारी गरेसँगै मुस्ताङमा रोकिएका पर्यटकको उद्धार गरिएको छ । अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका १२१ पर्यटकलाई दुई दिन गरी उद्धार गरी काठमाडौँ पठाइएको र बाँकी ६८ पर्यटक मुस्ताङमै रहेको जिल्ला…
Read More »सगरमाथा क्षेत्रबाट एकै दिन १९ पर्यटकको उद्धार
काठमाडाैं- लुक्लासहित माथिल्लो क्षेत्रमा अलपत्र परेका १९ पर्यटकको उद्धार गरिएको छ । आकस्मिक रुपमा नेपाल ‘लग डाउन’ भएपछि सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकको बिहीबार उद्धार गरी काठमाडाैं ल्याइएकाे हो । उद्धार गरिएका मध्ये एक नेपाली र १८ विदेशी रहेकाे साेलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले बताइन् । उनका अनुसार १४ फ्रान्सेली पर्यटक तारा…
Read More »पाेखरामा पर्यटकका लागि छ रेष्टुरेन्ट खुला
पाेखरा – ‘लकडाउन’ भएसँगै अप्ठेरामा परेका पर्यटकलाई सहयोग गर्न रेष्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न छ रेष्टुरेन्ट खुलाउने भएको छ । विश्वव्यापी फैलिएको कोरोनाको सङ्क्रमणबाट जोगिन सरकारले गरेको लक डाउनका कारण लेकसाइडका सबै रेष्टुरेन्ट बन्द भएपछि यहाँ रहेका पर्यटक समस्यामा परेका भन्दै रेष्टुरेन्ट खुलाउने…
Read More »देशभरका ट्रेकिङ आजदेखि बन्द
काठमाडौं– कोरोना भाइरसबाट सतर्कता अपनाउन नेपालका सबै ट्रेकिङ बन्द गरिएको छ । पर्यटन बिभागले ट्राभल तथा ट्रेकिङ एजेन्सीहरुलाई सूचना जारी गरेर शुक्रबार देखि ट्रेकिङका सबै काम रोक्न निर्देशन गरेको हो । बिभागले शुक्रबार दिउँसो १२ बजेपछि लागू हुने गरी नेपालको पदयात्रा, भ्रमणमा आएका व्यक्तिगत तथा सामूहिक यात्रीको कार्यक्रम स्थगन गर्न…
Read More »नाम्चेका होटल आजदेखि बन्द
काठमाडौं– सोलुखुम्बुस्थित पर्यटकीय क्षेत्र नाम्चेका होटल तथा लज आजदेखि बन्द गरिएको छ । विश्वव्यापी रूप लिएको कोरोना भाइरसको संक्रमण भैलिइरहेकाले सतर्क रहँदै नाम्चेका होटल तथा लज बन्द गरिएको हो । लज एण्ड होटल एशोसिएसन नाम्चेको बिहीबार बसेको बैठकले अर्को सूचना नभएसम्मका लागि शुक्रबारदेखि नै होटल बन्द गर्ने निर्णय गरेको जनाइएको…
Read More »पर्यटक लोभ्याउँदै तोरीखोला
वासुदेव पौडेल पोखरा– प्रकृति र संस्कृति तोरीखोलाको छुट्टै मौलिकता हो । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–२ मा पर्ने ती सुन्दर दुई गाउँ दुई हजार ३०० मिटर उचाइमा रहेको कालीलेक धुरीको काखमा छ । मगर जातिको बाहुल्यता रहेको त्यहाँ वरपरका रमणीय गाउँ बस्तीले जो कोहीलाई लोभ्याउँछ नै स्थानीयवासीको आतिथ्यता उत्तिकै राम्रो छ…
Read More »