कोरोनाले नेपालकाे पर्यटनमा धक्का, होटलहरु सुरक्षित
चिनियाँ पर्यटक घटे
काडमाडौं– चीनमा देखिएको कोरोना भाइरसलाई राष्ट्रिय संकटको रुपमा लिनुपर्ने नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले बताएका छन् ।
मंगलबार नेपाल भ्रमण वर्ष २०२० सचिवालय र हाेटेल संघ (हान) ले संयुक्त रुपमा गरेकाे पत्रकार सम्मेलनमा बैद्यले चीनबाट फैलिएको कोरोना भाइरसको असर नेपालको पर्यटन क्षेत्रमा देखिएको बताए ।
‘नेपालले राष्ट्रिय संकटको रुपमा लिनुपर्ने हुन्छ, चिनियाँ पर्यटकको संख्या घट्नुले कृषि, होटेल, हेन्डिक्राफ्टलगायत यससँग सम्बन्धित निकायलाई प्रभाव पारेको देखियो’ उनले भने ।
भ्रमण वर्षमा ३ देखि ५ लाखसम्म चिनियाँ पर्यटक ल्याउने लक्ष्य भए पनि कोरोना भाइरसका कारण जनवरीमा अपेक्ष गरे अनुरुप पर्यटकको आगमन नभएको उनको भनाई थियो । कोरोनाको असर तीन महिनासम्म रहने बताउँदै संयोजक वैद्यले त्यसपछि क्रमिक रुपमा सुधार हुँदै जाने अपेक्षा गर्न सकिने बताए ।
पत्रकार सम्मेलनमा वितरित हानका अध्यक्ष सृजना राणाले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा पनि जनवरी महिनामा चिनियाँ पर्यटकको संख्या केही घटे पनि आगामी दिनमा बढ्ने अपेक्षा रहेको उल्लेख छ । साथै नेपालका होटल ब्यवसायीहरुले सतर्कतापूर्वक भ्रमण वर्षको अभियानलाई अगाडि बढाइरहेको भनिएको छ ।
बिज्ञप्तिमा हालसम्म नेपालका होटलहरु सुरक्षित रहेको र कुनै पनि होटलमा संक्रमित नभेटिएको उल्लेख गर्दै होटलहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई कोरोना भाइरसको पूर्व साबधानी अपनाउन र संकेत देखिने बित्तिकै अस्पताल लैजान परिपत्र गरिसकेको उल्लेख छ ।
‘नेपालको दोस्रो ठूलो पर्यटन बजार चीन हो । कोरोनाको कारण जनवरीमा चीनबाट आउने पर्यटकको संंख्या घटेको छ,’ बिज्ञप्तिमा भनिएको छ, ‘यसमा सरकारसँग सहकार्य गरेर हामी निजी क्षेत्र जस्तो सुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछौं ।’
उनले बिज्ञप्तिमा भाइरसका कारण अहिलेसम्म नेपाल असुरक्षित नरहेको भएपनि अन्तराष्ट्रिय जगतमा उपयुक्त ढंगबाट सम्प्रेसन हुन नसक्दा बुकिङ रद्द हुने संभावनाा रहेको उल्लेख गरिएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…