मन लोभ्याउने शैलुङ
- जीवन लामा
धार्मिक र प्राकृतिक हिसाबले शैलुङ निकै रमणीय छ । शैलुङ गाउँपालिकाले सडक बिस्तार र पर्यटकीय मार्ग निर्माणमा विशेष ध्यान पुर्याएको कारण पर्यटकहरूको आकर्षण बनेको छ, शैलुङ । सदरमुकाम चरिकोटबाट करिब ३ घण्टामै शैलुङडाँडा पुग्न सकिन्छ ।
करिब ३२ सय मिटर उचाइमा रहेको शैलुङडाँडाबाट दोलखाका अधिकांश भूभाग नियाल्न सकिन्छ । गौरीशंकरलगायत धेरै हिमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । अहिले शैलुङ गाउँपालिकाले पर्यटकको लागि कालापानी र ढुङ्गेमा होटेल तथा लजको व्यवस्था गरेको कुरा गाउँपालिका अध्यक्ष भरत प्रसाद दुलालले बताएका छन् ।
मठमन्दिरहरू खुला गरेपछि चहलपहल
जिल्ला सदरमुकाम चरिकोटलगायतका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । मठमन्दिरहरू खुला गरिएपछि चहलपहल बढेको हो । कोभिड १९ को कारण स्थानीय प्रशासनले धार्मिक क्षेत्रहरू बन्द गरेको थियो ।
दोलखास्थित पर्यटकको आकर्षणको केन्द्र रूपमा रहेका भीमेश्वर, शैलुङडाँडा र कालिन्चोक मन्दिरमा महिनौँसम्म पर्यटक आगमनमा रोक लगाइएको थियो । अहिले स्थानीय प्रशासनले स्वास्थ्य सावधानी अपनाएर मन्दिर प्रवेशमा खुला गरेपछि चहलपहल बढ्न थालेको हो ।
सिजनमा कालिन्चोक मन्दिरमा हजारौँ पर्यटक पुग्ने गर्छन् । हिउँदमा हिउँ खेल्न र बर्खायाममा चौँरी चरणको मनमोहक दृश्यावलोकनको लागि पर्यटकहरूको घुइँचो लाग्ने गर्छ । काठमाडौँबासीको नजिकको गन्तव्य दोलखा हो । काठमाडौँबाट १३२ किलोमिटर मोटर बाटो हुँदै चरिकोटसम्म सहज तरिकाले पुग्न सकिन्छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा रमणीय जिल्ला भएकाले सबै खालका पर्यटकहरू दोलखा आउने गर्छन् ।
हिउँ पर्ने सिजन नभए तापनि दोलखाको शैलुङ, कालिन्चोक र भीमेश्वर मन्दिरमा दर्शन गर्नकै लागि पर्यटकहरू भित्रिन थालेका छन् । अहिले दोलखाका सबै धार्मिक स्थल आसपासमा समेत सुविधा सम्पन्न होटलहरुको व्यवस्था छ । काठमाडौँबाट चरिकोटसम्मको सडक बिस्तार कार्य भइरहेको छ । धेरै चिसो र गर्मी नहुने हुँदा पर्यटकको लागि उपयुक्त मानिन्छ, चरिकोट ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…